दफा ३९
प्रमाण कागज प्रमाणीकरण गर्नु पर्ने
(१) यस ऐन बमोजिम पारस्परिक कानूनी सहायताका लागि अनुरोध गर्दा संलग्न गरी पठाइएको प्रमाण कागजहरु न्यायाधीश वा अधिकार प्राप्त सरकारी अधिकृतले प्रमाणित गरी कार्यालयको छाप लगाइएको हुनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको रीत पुर्याई प्रमाणीकरण नभएको प्रमाणकागजलाई मान्यता दिइने छैन ।